अतिरिक्त शुल्क र्फिता गर्न माग गर्दै प्रदर्शन


१९ कात्तिक, काठमाडौं । चिकित्सा शिक्षा संघर्ष समितिले मेडिकल कलेजले लिएको अतिरिक्त शुल्क र्फिता गर्न माग गर्दै काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।

मेडिकल कलजले बढी शुल्क लिएको विरोधमा आन्दोलनमा रहेका मेडिकल कलेजका विद्यार्थीहरुले सरकारले मोफसलबाट आफूहरुको माग नसुनेको भन्दै मंगलबार माइतीघर मण्डलमा प्रदर्शन गरेको जनाएका हुन् ।

सरकारले तोकेको भन्दा बढी रकम लिएका मेडिकल कलेजले फिर्ता गर्न सरकारले दिएको निर्देशन पनि अटेर गरेको, निर्देशन नमान्ने कलेजलाई सरकारले कारबाही पनि गर्न नसकेको भन्दै विरोध प्रदर्शनमा उत्रिएको आन्दोलनरत विद्यार्थीहरुले बताएका छन् ।

उपत्यका भित्र र बाहिरका लागि सरकारले तोेकेको भन्दा बढी शुल्क लिएका मेडिकल कलेजले लिएको अतिरिक्त शुल्क र्फिता गर्नुपर्ने र कार्यान्वयन नगरेसम्म संघर्ष जारी राख्ने चिकित्सा शिक्षा सघर्ष समितिका संयोजक प्रकाश चन्दले बताए ।

काठमाडौंमा प्रदर्शनका लागि चितवन मेडिकल कलेज, जानकी मेडिकल कलेज, नेशनल मेडिकल कलेज, युनिर्भसल मेडिकल कलेज, गण्डकी मेडिकल कलेजलगायतका विद्यार्थी काठमाडौं आइपुगेका हुन ।

विद्यार्थीहरुको आन्दोलनका कारण बुधबारदेखि हुन लागेको एमबीबीएस र बीडीएसको परीक्षा पनि स्थगित भएको छ ।

आइओएमले एक सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्म परीक्षा स्थगित गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार