ककपिटमा बसेकी युवतीको तस्बिर भाइरल, विमानचालकलाई आजीवन प्रतिबन्ध


२० कात्तिक, बीबीसी ।  एउटा चिनियाँ विमानको ककपिटमा बसेकी युवतीको तस्बिर निकै चर्चित भएपछि उक्त विमानका चालकलाई उडान गर्न प्रतिबन्ध लगाइएको छ।

आन्तरिक उडानमा रहेको एअर ग्वेयलिनको विमानभित्र ज्यानुअरी महिनामा उक्त तस्बिर खिचिएको सरकारी पत्रिका ग्लोबल टाइम्सले जनाएको छ।

तर गत साता चिनियाँ सामाजिक सञ्जालमा उक्त तस्बिर भाइरल भएपछि विमानसेवाले ती विमानचालकलाई विमान उडान आजीवन प्रतिबन्ध लगाइएको घोषणा गर्‍यो।

तस्बिर खिच्दा ती महिला हँसिलो मुद्रा देखिन्छिन् र उनको अगाडि खानेकुरा पनि देखिन्छ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार