साझा पार्टीकाे धरान उपमहानगरपालिकाको उमेदवार राजन कुमार श्रेष्ठ


२० कात्तिक, काठमाडौं । मंसिरमा हुने उपनिर्वाचनका लागी साझा पार्टीले राजन कुमार श्रेष्ठलाई धरान उपमहानगरपालिकाको उमेदवार बनाउने निर्णय गरेको छ।

विगत लामो समयदेखि सामाजिक र राजनीतिक अभियन्ताको रुपमा सक्रिय श्रेष्ठ धरान उपमहानगरपालिकाका वासिन्दा हुन।

श्रेष्ठले आफू निर्वा्चित भएको खण्डमा धरान उपमहानगरपालिका भित्र दिर्घकालिन खानेपानीको व्यवस्था गर्ने, बसपार्कको उचित व्यवस्थापन गर्ने र स्थानीय सरकार मातहतमा रहेको सर्दु जलाधार संरक्षणका लागि आवश्यक पहल कदमी लिने बताएका छन्। 

साझा पार्टीले यस अघि कास्कीको निर्वाचन क्षेत्र नं. २, भक्तपुर क्षेत्र नं. १ को प्रदेश (क ) र दाङ क्षेत्र नं. ३ को प्रदेश (ख)मा उमेदवार घोषणा गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार