बागलुङमा जनमोर्चाका शाहीको मनोनयन दर्ता


२१ मंसिर, बागलुङ ।  प्रदेश सभा सदस्यको उपनिर्वाचनमा बागलुङमा राष्ट्रिय जनमोर्चाका खिम विक्रम शाहीको मनोनयन दर्ता भएको  छ । 

आगामी मंसिर १४ मा हुने बागलुङ क्षेत्र नम्बर २ को ‘ख’ का लागि बामगठबन्धनबाट साझा उम्मेदवार राजमो जिल्ला सदस्य शाहीको मुख्य निर्वाचन अधिकृत कार्यालयमा उम्मेदवारी मनोनयन दर्ता गरिएको हो। 

नेपाल कम्युनिस्ट पार्टीको जिल्ला र तल्लो तहका नेता, कार्यकर्ता एकल चुनावी मैदानमा जाने तयारीमा भए पनि केन्द्रीय तहबाट गठबन्धन बनाएर बागलुङमा राजमोलाई सघाउने निर्णय गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार