भारतीय हस्तक्षेपविरुद्ध काठमाडौंमा नेविसङ्घको प्रदर्शन


२२ कात्तिक, काठमाडौं । भारतले नेपाली भूमिलाई आफ्नो सीमाभित्र पारेर नक्सा जारी गरेको विरोधमा नेपाल विद्यार्थी संघ (नेविसंघ) ले प्रदर्शन गरेको छ ।

नेविसङ्घले भारत सरकारले जारी गरेको नक्सामा नेपाली भू–भाग कालापानी र लिपुलेकलाई भारतको नक्सामा समावेश गरेको भन्दै विरोध गरेको हो ।

पशुपति क्याम्पस चाबहिलबाट सुरु भएको प्रदर्शनमा सहभागीहरूले ‘भारतीय विस्तारबाद मुर्दावाद’, ‘कालापानी, लिम्पियाधुरा र लिपुलेक फिर्ता गर’, ‘गो ब्याक इण्डिया’लगायतका नारा लगाएका थिए ।

Gepostet von Radio Kathmandu 92.1 am Donnerstag, 7. November 2019

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार