अफताव आलमको थुनछेक बहस आज पनि जारी


२२ कात्तिक, रौतहट । कांग्रेस नेता एवं सांसद मोहम्मद अफताव आलमको थुनछेक बहस आज पनि जारी छ ।

हिजो आलमको जिल्ला अदालत रौतहटमा बयान सकिएपछि थुनछेक बहस सुरु भएको थियो ।

२०६४ साल चैत २७ गते दर्जन भन्दा बढी व्यक्तिलाई इटाभट्टाको चिम्नीमा हालेर जिउँदै जलाएको अभियोगमा आलम विरुद्ध तीन वटा मुद्दा दर्ता भएको छ ।

जिल्ला न्यायाधीश दीपक ढकालको इजलासमा आलमको पक्ष र विपक्षमा कानुन व्यवसायीहरुले बहस गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार