तीन दिवसीय क्रिकेटमा नेपाल एमसीसीसँग पराजित


२२ कात्तिक, काठमाडौं । मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) विरुद्धको तीन दिवसीय (फस्ट क्लास) क्रिकेटमा नेपाल २ सय ८ रनको फराकिलो अन्तरले पराजित भएको छ ।

त्रिवि क्रिकेट मैदानमा शुक्रबार एमसीसीले दिएको ३ सय ९३ रनको फराकिलो लक्ष्य पछ्याएको नेपाल ४० ओभर ३ बलमा अलआउट हुँदै १ सय ८४ रनमा समेटियो । पहिलो इनिङमा खराव ब्याटिङका कारण न्यून रनमा अलआउट भएको नेपालले दोस्रो पारीमा पनि खराव ब्याटिङ गर्याे । जसका कारण नेपाल एक सय ८४ रनमा अलआउट भयो ।

नेपालका लागि सोमपाल कामीले सर्वाधिक ५१ रन बनाए भने राजु रिजालले ३१ र सन्दिप लामिछानेले २५ रन बनाए । एमसीसीले पहिलो पारीमा तीन सय ६४ रन बनाएको थियो । जवाफमा नेपाल एक सय ५३ रनमा अलआउट भएको थियो । त्यसपछि एमसीसीले दोस्रो पारीमा थप एक सय ८१ रन बनाएर पारीको घोषणा गरेपछि नेपालले तीन सय ९३ रनको विशाल लक्ष्य पाएको थियो । तर नेपाल दुबै पारीमा असफल बन्यो । नेपालले करिब १४ वर्षपछि घरेलु मैदानमा फस्ट क्लास क्रिकेट खेलको हो । अब नेपालले एमसीसीसँग टी–ट्वान्टी क्रिकेट खेल्नेछ ।

यसअघि भएको एकदिवसीयमा नेपालले एमसीसीलाई ५ विकेटले हराएको थियो । नेपाली क्रिकेट विकासको लागि तयार गरेको लिगेसी टुर अन्तर्गत एमसीसी टिम नेपाल आएका हुन्

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार