आज देशका अधिकांश भू–भागमा मौसम बदली रहने ःमौसम पूर्वानुमान महाशाखा


जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज देशका अधिकांश भू–भागमा मौसम बदली रहने बताएको छ ।

महाशाखाले हाल नेपालमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको हुँदा प्रदेश १ र मधेश प्रदेशमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको बताएको छ । यस्तै हाल देशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । साथै प्रदेश १ का एक वा दुई स्थानमा हल्का वर्षाको अवस्था रहेको छ ।

महाशाखाले आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहने बताएको छ । आज राति देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहने छ ।

प्रदेश १, मधेश प्रदेश, बागमती, गण्डकी, कर्णाली र सुदूर पश्चिम थोरै स्थानहरूमा मेघ गर्जन÷चट्याङ्गसहित क्षणिक÷हल्का वर्षाको सम्भावना रहेको छ । महाशाखाले देशका तराई तथा चुरे क्षेत्रमा तापक्रम बढ्दो क्रममा रहेकाले गर्दा गर्मीका कारण हुन सक्ने असरबाट बच्न पनि आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्


फ्रन्ट पेज