श्रीमतीलाई खुकुरी प्रहार गरेको आरोपमा एक पक्राउ


२४ कात्तिक, सोलुखुम्बु । श्रीमतीलाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको आरोपमा सोलुखुम्बु प्रहरीले एक जनालाइ पक्राउ गरेकाे छ ।

४० वर्षीया श्रीमती भगवती नेपालीलाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको आरोपमा सोताङ गाउँपालिका-५ का ४२ वर्षीय शिव नेपालीलाई प्रहरीले शनिबार साँझ पक्राउ गरेको हो ।

घटनाको खबर प्राप्त हुनासाथ प्रहरीले शिवलाई पक्राउ गरेको हो ।

घाइते भगवतीको प्राथमिक स्वास्थ्य केन्द्र सोताङमा उपचार भइरहेको छ ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार