भरुवा बन्दुक र वारूदसहित ४ जना पक्राउ


२४ कात्तिक, बाग्लुङ । भरुवा बन्दुक र वारूदसहित प्रहरीले चार जनालाइ पक्राउ गरेकाे छ ।

काठेखोला गाउँपालिका-५ फुर्सेमाटा बस्ने ३५ वर्षीय रमेश घर्ती लगायत ४ जनालाई भरुवा बन्दुक र बन्दुकमा प्रयोग हुने बारुद ३ बोतल सहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको हाे ।

प्रहरी चौकी बिहुबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त हतियार सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार