बाग्लुङमा शेरमानले बागी उम्मेदवारी फिर्ता लिएनन्


२४ कात्तिक, काठमाडौं । प्रदेशसभा सदस्यका लागि बाग्लुङ २ ‘ख’ मा हुने उपचुनावमा शेरमान घर्तीको बागी उम्मेवादरी फिर्ता गराउने नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रयास असफल भएको छ ।

बाग्लुङमा नेकपाले उम्मेदवार नउठाइ राष्ट्रिय जनमोर्चाका खिमविक्रम शाहीलाई साझा उम्मेदवार बनाएपछि उनले बागी उम्मेदवारी दिएका थिए। घर्ती तत्कालीन माओवादीबाट २०७४ को स्थानीय तहको निर्वाचनमा ढोरपाटन नगरपालिकाको मेयरमा पराजित उम्मेदवारसमेत हुन्।

आइतबार ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीको पहलमा उनलाई होलिकप्टरमा राखेर सदरमुकामसम्म ल्याइएको थियो । तर घर्तीले उम्मेदवारी फिर्ता लिएनन् ।

जिल्ला निर्वाचन कार्यालयले आइतबार विहान १० बजेदेखि १ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय तोकेको थियो । तर उम्मेदवारी फिर्ताका लागि कुनै पनि निवेदन नपरेको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार