भारतविरुद्ध प्रदर्शन गर्ने विप्लवका कार्यकर्ता पक्राउ


२४ कात्तिक, काठमाडौं ।  भारतको नयाँ नक्सामा नेपालको भूभाग मिचिएको विरोधमा प्रदर्शन गरेका विप्लव नेतृत्वको प्रतिबन्धित नेकपासम्बन्ध अखिल क्रान्तिकारी आवद्ध बिद्यार्थीरुलाई प्रहरीले पक्राउ गरेको छ ।

आइतबार काठमाडौंको माइतिघरबाट नयाँ बानेश्वरसम्म प्रदर्शन गर्न खोज्दा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । भारतले अतिक्रमित नेपाली भूमि फिर्ता गर्नुपर्ने भन्दै उनीहरुले चर्को नाराबाजी गरेका थिए । नारावाजी गर्दै प्रदर्शन बानेश्वरतर्फ अघि बढ्ने क्रममा दर्जन बढि बिद्यार्थी नेता पक्राउ परेका छन् ।

प्रदर्शनका लागि संगठनले बिद्यालय पोशाकमा नै बिद्यार्थीहरु माइतिघर ल्याएको थियो । विद्यार्थीहरूले हात–हातमा भारतविरुद्ध नारा लेखिएका प्लेकार्ड बोकेका थिए । भारतले कालापानी र लिपुलेकलाई समावेश गर्दै नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेको विरोधमा अन्य बिद्यार्थी संगठनले पनि आइतबार काठमाडौमा प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार