उपनिर्वाचन अनुगमन गर्न कांग्रेसले बनायो समिति


२४ कात्तिक, काठमाडौं । मंसिर १४ गते हुने उपनिर्वाचत स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित बनाउनका लागि नेपाली कांग्रेसले केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा अनुगमन तथा निर्वाचन आयोग समन्वय समिति गठन गरेको छ ।

समितिको सदस्यमा केन्द्रीय सदस्य सीता गुरुङ, नेपाल प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, केन्द्रीय निर्वाचचन समितिका सदस्य सीताराम केसी, अधिवक्ता तेज रावल र सदस्य सचिवमा अधिवक्ता केशव रिजाल रहेका छन् ।

अनुगमन तथा निर्वाचन आयोग समन्वय समिति, उपनिर्वाचन–२०७६

१. केन्द्रीय सदस्य श्री रमेश लेखक –संयोजक
२. केन्द्रीय सदस्य श्री सीता गुरुङ्ग –सदस्य
३. नेपाल प्रेस यूनियन वरिष्ठ उपाध्यक्ष श्री दिपक आचार्य –सदस्य
४. केन्द्रीय निर्वाचन समिति सदस्य अधिवक्ता श्री सिताराम के.सी. –सदस्य
५. अधिवक्ता श्री तेज रावल –सदस्य
६. अधिवक्ता श्री केशव रिजाल –सदस्य सचिव

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार