
नाटक ‘स्कुल’ मञ्चन हुने भएको छ।
दिलिप बान्तावाको कथामा आधारित सुरज तमूको निर्देशन र परिकल्पना रहेको यो नाटक थापागाउँस्थित गुरूकुल थिएटरमा मञ्चन हुन लागेको हो।
नाटकमा निता राई, सुभाष तिमिल्सिना, चन्द्र नेपाली, मोहन राई, सन्दिप योगी, विकास लामा, प्रतिमा राई लगायतका कलाकारहरूको अभिनय रहनेछ।
विद्यालयको शिक्षा प्रणालीमाथि चित्त नबुझेर दिलिप बान्तावाको कथामाथि आधारित रहेर नाटक बनाएको रंगकर्मी सुरज तमूले जानकारी दिनु भयाे।
‘विद्यालयमा भाषाका कारण जनजातीका बच्चाहरूलाई गाह्रो हुन्छ। उनीहरू आफ्नो मातृभाषा बोल्न दक्ष हुन्छन्। तर नेपाली बोल्न र पढ्न नजान्दा भाषाकै कारण केहीले पढाई समेत छोडेका छन्। नेपाली शिक्षा प्रणालीमाथिको चिन्तामा यो नाटक घुमेको छ।’ उहाँले बताउनु भयाे।
सम्पुर्ण भाषालाई शिक्षा प्रणालीमा ल्याउनुपर्छ भन्ने नाटकको मुख्य उद्देश्य रहेको उहाँकाे भनाइ छ। कथा राई समुदायमाथि केन्द्रित रहे पनि नाटकले भने गुरुङ समुदायलाई समेटेको समेटेको छ। यो नाटक वैशाख १४ गतेदेखि २८ गतेसम्म मञ्चन हुनेछ।