इरानमा भेटियो खनिज इन्धनको विशाल भण्डार


२६ कात्तिक, एजेन्सी । इरानमा खनिज इन्धनको एउटा विशाल भण्डार भेटिएको छ। उक्त तेल भण्डार ५३ ब्यारल रहेको अनुमान गरिएको छ।

इरानका राष्ट्रपति हसन रूहानीले तेल भण्डार भेटिएको घोषणा गरेका हुन्। तेल भण्डार इरानको दक्षिण-पश्चिम प्रान्त खुजेस्तानमा २ हजार ४०० वर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ।

अमेरिकाको कठोर आर्थिक प्रतिबन्ध झेलिरहेको इरानको अर्थव्यवस्थाको लागि यो महत्वपूर्ण कोशेढुंगा साबित हुने बताइएको छ। यो तेल भण्डार ६५ ब्यारलको अहवाज तेल क्षेत्रपछिको दोस्रो ठूलो हुनेछ।

इरान तेल निर्यात गर्ने देशहरुको संगठन अर्गनाइजेशन अफ द पेट्रोलियम एक्सपोर्टिङ कन्ट्रिज (ओपेक) को संस्थापक हो। इरानसँग अहिले प्रमाणित तेल भण्डार १५५ दशमलब ६ ब्यारल छ। नयाँ खोजपछि इरानको कुल तेल भण्डारमा ३४ प्रतिशत बढोत्तरी भएको छ।  

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार