
२७ कात्तिक, काठमाडौं । मंगलबार स्थिर देखिएको सुनको मूल्य बुधबार पुनः बृद्धि भएको छ ।
बुधबार छापावाल सुनको प्रतितोला ७१ हजार चार सय पुगेको छ ।
तेजाबी सुन प्रतितोला ७१ हजार एक सयमा कारोबार भैरहेको छ । आज चाँदी प्रतितोला आठ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीमा प्रतितोला ५ रुपैया बढेको छ ।