सबै स्थानीय तहमा बैकं सेवा पुर्‍याउन राष्ट्र बैंकलाई अर्थमन्त्रीकाे निर्देशन


२७ कात्तिक, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले बैंकिङ सेवा नपुगेका स्थानीय तहमा तत्काल सेवा पुर्‍याउन राष्ट्र बैंकलाई निर्देशन दिएका छन् ।

हाल करिब १९ वटा स्थानीय तहमा मात्र बैंकिङ सेवा पुग्न बाँकी रहेको बताउँदै उनले आगामी पुस मसान्तभित्र सबै स्थानीय तहमा सेवा पुर्‍याउन उनले निर्देशन दिएका हुन् ।

कामना सेवा विकास बैंकले काठमाडौंको ज्ञानेश्वरमा स्थापना गरेको केन्द्रीय कार्यालय बुधबार उदघाटन गर्दै मन्त्री खतिवडाले मुलुक संघीयतामा गएसँगै स्थानीय तहमा आर्थिक क्रियाकलाप बढेकाले सबै स्थानीय तहमा छिटो बैंकिङ सेवा स्थापना गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार