वार्षिकोत्सवको अवसरमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न


२७ कात्तिक, पोखरा । सामुदायिक प्रहरी सेवा केन्द्र पृथ्वीचोक कास्कीले आफ्नो १९ औं वार्षिकोत्सवको अवसरमा आयोजित खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरी सम्पन्न गरेको छ ।

समुदाय प्रहरी साझेदारी अभियान अन्तर्गत पोखराको पृथ्वीचोकमा आयोजना गरिएको उक्त खुल्ला रक्तदान कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय कास्की प्रमुख प्रहरी उपरीक्षक दान बाहादुर कार्कीले रक्तदाता सोही सामुदायिक प्रहरी सेवा केन्द्रका नि-वर्तमान अध्यक्ष जयराम अधिकारीलाई रक्तझोला प्रदान गरी उक्त कार्यक्रमको उद्‍घाटन गरेका थिए ।

नेपाल रेडक्रस सोसाईटी क्षेत्रीय रक्तसञ्चार केन्द्र पोखराको प्राविधिक सहयोगमा सम्पन्न उक्त रक्तदानमा पोखरा स्थित विभिन्न प्रहरी कार्यालयका प्रहरी कर्मचारीहरु, सामुदायिक प्रहरी सेवा केन्द्रका पदाधिकारीहरु, आम नागरिक लगायतले रक्तदान गरेका छन् ।

उक्त खुल्ला रक्तदान कार्यक्रमबाट ३५ युनिट रक्त संकलन भएको छ ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार