निदान अस्पतालका सीईओसहित ५ जना नख्खु कारागारमा


२७ कात्तिक, काठमाडौं । ललितपुरको निदान अस्पतालमा अनाधिकृत रुपमा मिर्गौला प्रत्यारोपण गराइएको घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका ५ जना थुनामा पठाइएका छन् ।

जिल्ला अदालत, ललितपुरले मंगलबार अस्पतालका कार्यकारी अधिकृत (सीईओ) विपेन्द्र प्रधानसहित ५ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

नक्कली भान्जा बनाएर मृगौला प्रत्यारोपण गरेको अभियोगमा काठमाडौँ जिल्ला अदालतले पाँचैजनालाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश गरेको हो ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार