देशका धेरै स्थानमा आज पानी पर्ने


२३ असार, काठमाडौं । असारको तेस्रो सातातिर आएर मुलुकभर मनसुन सक्रिय भएको छ ।  यसपटक १० दिन ढिला गरी जुन २० तारिखमा मनसुन नेपाल भित्रिएको हो ।

मौसम पूर्वानुमान महाशाखाले पनि सोमबारदेखि तीन दिन अर्थात् बुधबारसम्म भारी बर्षा हुनु अनुमान लगाएको छ ।

 यस अवधिमा बाढीपहिरो पनि जानसक्ने भएकोले जोखिम क्षेत्रमा बसोबास गर्ने नागरिकले सतर्कता अपनाउन अनुरोध गरेको छ । उसले नदी नाला तथा खोलाको छेउछाउमा नजान अनुरोध गरेको छ ।

महाशाखाले आज देशका धेरै स्थानमा पानी पर्ने सम्भावना रहेको जनाएको छ । आइतबार पनि देशभर पानी परेको महाशाखाले जनाएको छ । मौसमविद्का अनुसार भारतमा रहेको न्यून चापीय रेखा उत्तर अर्थात नेपालतर्फ सर्दै गएकोले नेपालमा मनसुनी गतिविधि तीव्र बन्दै गएको हो । न्यून चापीय रेखा पूरै नेपालमा प्रवेश गरेपछि लगातार रुपमा ठूलो बर्षा हुने मौसमविद्हरुको तर्क ।

महाशाखाको अनुमान 

असार २३ गते (सोमवार)
दिउँसो : देशका अधिकांश भू(भागमा सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै भू–भागहरुमा वर्षाको सम्भावना छ । देशको एक दुई स्थानहरुमा भारि वर्षाको संभावना छ ।

राती : देशका अधिकांश भू–भागमा सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै भू(भागहरुमा वर्षाको सम्भावना छ । देशको थोरै स्थानहरुमा भारि वर्षाको संभावना छ ।

असार २४ गते (मंगलवार)

दिउँसो : देशका अधिकांश भू–भागमा सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै भू–भागहरुमा वर्षाको सम्भावना छ । देशको थोरै स्थानहरुमा भारि वर्षाको संभावना छ ।

रातीस् देशका अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै भू–भागमा वर्षाको सम्भावना छ । देशको थोरै स्थानहरुमा भारि वर्षाको संभावना छ ।

असार २५ गते (बुधवार)

दिउँसो : देशका अधिकांश भू–भागमा सामान्य देखि पूर्ण बदली रहनेछ । देशका अधिकांश भू–भागमा वर्षाको सम्भावना छ । देशको थोरै स्थानहरुमा भारि वर्षाको संभावना छ ।

राती : देशका अधिकांश भूभागमा सामान्य देखि पूर्ण बदली रहनेछ । देशका अधिकांश भू–भागमा वर्षाको सम्भावना छ । देशको थोरै स्थानहरुमा भारि वर्षाको संभावना छ ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार