विश्व मधुमेह दिवस विभिन्न कार्यक्रम गरि मनाइदै


२८ कात्तिक, काठमाडौं । विश्व मधुमेह दिवस बिहिबार नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइएको छ ।

दिवसका अवसरमा बिभिन्न संघ संस्थाहरुले काठमाडौंमा जनचेतामुलक कार्यक्रमको आयोजना गरेका थिए । विश्व स्वास्थ्य संगठन र अन्तराष्ट्रिय मधुमेह संगठनले १९९१ देखि प्रत्येक बर्ष मधुमेह दिवस मनाउँदै आएका छन ।

अहिले विश्वभर ४५ करोडभन्दा बढी जनसंख्या मधुमेहको खतरामा छन । सबैभन्दा बढी भारत र चीनमा मधुमेहका रोगी छन् । रगतमा ग्लुकोजको मात्रा बढी हुँदै गएमा मधुमेह हुन्छ । शरिरको तौल बढ्दै गएमा मानिसमा मधुमेहको खतरा पनि बढ्दै जाने सम्भावना हुन्छ ।

उच्च रक्तचापको समस्या भएको मानिसलाई मधुमेह हुन सक्ने चिकित्सकहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार