
सुनको मूल्य आज बढेको छ ।
हिजो तोलाको ९८ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुन तोलामा १०० रुपैयाँले बढेर आज तोलाको ९८ हजार ७०० रुपैयाँ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै, तेजावी सुनको मूल्य पनि तोलामा १०० रुपैयाँले बढेर ९८ हजार २०० रुपैयाँ कायम भएको छ । यता ,आज चाँदीको मूल्य भने आजस्थर रहेको छ ।
आज चादी तोलाको १२ सय ८५ रुपैयाँमा किनबेच भइरहेको माहासंघले जनाएको छ ।