विद्युत चुहावट कार्यमा संलग्न ५२ जना पक्राउ


२८ कात्तिक, काठमाडौं । विद्युत चुहावट कार्यमा संलग्न ५२ जना पक्राउ परेका छन ।

जिल्ला प्रहरी कार्यालय बारा तथा नेपाल बिद्युत प्राधिकरण कलैया वितरण केन्द्र बाराबाट
खटिएको कर्मचारी र प्रहरी संयुक्त टोलीले अवैध रुपमा विद्युत चुहावट गर्ने ५२ जना पक्राउ गरेकाे हाे ।

संयुक्त टोलीले जिल्ला बारा महागढीमाई नगरपालिका वडा नं.४,५,६,८,११ दहियार, बगडमपुर, मलहनी, बबुआईन गाँउमा अवैध रुपमा विद्युत चुहावट भेटेकाे हाे ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार