‘नेपाल संगीत उद्योग संघ राष्ट्रिय म्यूजिक अवार्ड’ हुने


२३ असार, काठमाडौं ।  संगीत उद्यमीहरुको छाता संगठन नेपाल संगीत उद्योग संघले पनि म्यूजिक अवार्ड गर्ने घोषणा गरेको छ ।

सङ्गीत व्यवसायीहरुको एकमात्र पेशागत छाता सङ्गठन ‘नेपाल सङ्गीत उद्योग सङ्घ’ ले स्थापनाको २७ औं बर्ष पूरा गरेको अवसरमा म्युजिक अवार्डको कार्यक्रम गर्ने भएको छ ।

राजधानीमा कार्यक्रमको आयोजना गरी संघले ‘नेपाल संगीत उद्योग संघ राष्ट्रिय म्यूजिक अवार्ड–२०७६’ का बारेमा पत्रकारहरुमाझ जानकारी गराएको थियो ।

संघका अध्यक्ष सूर्य मगरले अवार्डका बारेमा जानकारी गराउँदै भगवान कुमार श्रेष्ठको अध्यक्षताकै बेलामा अवार्डको बारेमा कुरा भएको भए पनि अन्ततः आज आएर त्यो सपना पूरा भएको बताएका थिए ।

संघका संस्थापक पूर्व अध्यक्ष मह जोडीलाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गर्ने संघका अध्यक्ष सूर्य मगरले जानकारी गराए ।

कार्यक्रममा संगीत उत्पादक समाज नेपालका अध्यक्ष निर्मल ढकाल, गीतकार भरत बमजन, संघका सचिव उमेश गुरुङ लगायतले आफ्नो धारणा राखेका थिए ।

लोकदोहोरी र लोकजुहारीमा १७ – १७ विधा, पप गीतमा १५ विधा, भाषाभाषी गीतमा १२ विर्धा उल्लेखित बाहेकका अन्य विधाका गीत आएमा थपिन सक्ने ै आधुनिकमा १६ विधा र चलचित्र गीतमा १२ विधा छुट्याइएको छ ।

भाषाभाषी विधामा भने सर्वोत्कृष्ट गीतका लागि मात्र फारम भर्न सकिने छ । आवेदन फारममा मगर, गुरुङ, तामाङ, लिम्बू, नेवारी, मैथिली, भोजपुरी, राई, थारु, देउडा र याख्खा भाषा उल्लेख गरिएको भएपनि अन्य भाषाका गीतमा समेत आवेदन दिन सकिने कुरा आयोजकले जानकारी गराएका छन् ।

सर्वोत्कृष्ट राष्ट्रिय भावको गीत, दशक गीत र म्युजिक कम्पनीका विधामा समेत अवार्ड दिईने भएपनि यी विधामा प्रतिस्पर्धा गराईने छैन । प्रतिस्पर्धी र अप्रतिस्पर्धी ३ गरी कूल ९० भन्दा बढी विधामा अवार्ड प्रदान गरिने संघले जनाएको छ ।

सम्बन्धित समाचार