आइपीएलको प्लेअफमा पुग्ने गुजरात पहिलो टोली


इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा गुजरात टाइटन्स शिर्ष स्थानमा उक्लिएको छ ।

राति भएको खेलमा लखनउ सुपर जाइन्ट्सलाई ६२ रनले हराउँदै गुजरात शिर्ष स्थानमा उक्लिएको हो । जितसँगै आइपीएलको प्लेअफमा पुग्ने गुजरात पहिलो टोली बनेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ४४ रन बनाएको थियो । १ सय ४५ रनको लक्ष्य पछ्याएको लखनउ १३ ओभर ५ बलमा ८२ रनमा समेटियो ।

हारसँगै शिर्ष स्थानको लखनउ दोस्रो स्थानमा झरेको छ । १२ खेलबाट ८ मा जीत र ४ मा हार व्यहोरेको लखनउको १६ अङ्क छ ।

शिर्ष स्थानको गुजरातको भने १८ अंक छ । उसले अहिलेसम्म खेलेका १२ खेलमा ९ मा जित र ३ मा हार व्यहोरेको छ ।

आइपीएलमा आज राजस्थान रोयल्स र दिल्ली क्यापिटल्स खेल्नेछन् ।

अहिलेसम्म खेलेका ११ खेलमा ७ मा जित र ४ मा हार व्यहोरेको राजस्थान १४ अंकसहित लिग तालिकामा तेस्रो स्थानमा छ ।

यस्तै ५ खेलमा जित र ६ खेलमा पराजय भोगेको दिल्ली १० अंकसहित तालिकाको पाँचौ स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्


फ्रन्ट पेज