
नेपाली बजारमा आज पनि सुनको भाउँ घटेको छ ।
हिजो प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज एक हजारले घटेर ९७ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज तेजावी सुन भने प्रतितोलामा ९६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
यस्तै, चाँदीको मूल्य पनि आज ३० रुपैयाँले घटेर १ हजार २ सय ४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।