आज सुन तोलामा ८ सयले बढ्यो


नेपाली बजारमा आज सुन चाँदीकै भाउ बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ८ सयले बढेको छ।

सुन मुल्य तोलाको ९७ हजार ८ सय कायम भएको छ। यस अघि हिजो एक हजारले घटेर तोलाको ९७ हजारमा कारोबार भएको थियो।

त्यस्तै तेजावी सुनको मुल्य तोलाको ९७ हजार ३ सय निर्धारण भएको छ।

त्यस्तै चाँदीको मुल्य पनि बढेको छ। आज चाँदी तोलामा ५ रुपैयाँले बढेर १२ सय पुगेको महासंघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्


फ्रन्ट पेज