स्कुटर चोरी गर्ने तथा किन्ने चार जना पक्राउ


२९ कात्तिक, काठमाडौं । स्कुटर चोरी गर्ने तथा किन्ने चार जना पक्राउ परेका छन ।

धादिङ धुनिबेशीमा चाेरीकाे स्कुटर बेचबिखनकाे सुचना पछि प्रहरीले चार जनालाइ चारवटा स्कुटरकाे साथ पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा रोहन महर्जन, रमेश शाही, सबिन शाक्य र कुमार रेग्मी रहेका छन । उनिहरूकाे साथबाट प्रहरीले ४ वटा स्कुटर पनि बरामद गरेकाे ईलाका प्रहरी कार्यालय खानीखोलाले जानकारी दिएकाे छ ।


बरामद गरिएको मोटरसाइकलहरूकाे बिबरणः-
१. हाल बा. ५१ प. ९१०६ नं. उल्लेख भएको होण्डा कम्पनीको कालो रङको स्कुटर ।
२. हाल बा ८२ प ६०७१ नं. उल्लेख भएको होण्डा कम्पनीको रातो रङको स्कुटर ।
३. हाल बा ६७ प ५८८९ नं. उल्लेख भएको होण्डा कम्पनीको कलेजी रङको स्कुटर ।
४. हाल बा ५५ प २०८४ नं. उल्लेख भएको होण्डा कम्पनीको कालो रङको स्कुटर ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार