उद्योगी रुप ज्योति हिरासतमुक्त


२९ कात्तिक, काठमाडौं । उद्योगी रुप ज्योतिलाई हाजिर जमानीमा रिहा भएका छन् । उनी महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट रिहा भएका हुन् ।

उनीविरुद्ध मुद्दा नचलाउने निर्णय गर्दै सरकारी वकिल कार्यालय काठमाडौंले शुक्रबार नै हाजिर जमानतमा छाडिदिन प्रहरीलाई पत्र लेखेको थियो ।

जाहेरवाला पक्षसँग आपसी मिलापत्र गरी रूप ज्योति हिरासतमुक्त भएका हुन्।

ठगी मुद्दामा उनीमाथि प्रहरीले अनुसन्धान गरिरहेको थियो।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार