चुनाबकाे मुखैमा नेकपाका दुई नेता पार्टीबाट निष्कासित


२९ कात्तिक,काठमाडौं । उम्मेदवारी फिर्ता लिएर वाम गठबन्धनका उम्मेदवारलाई समर्थन गरिसकेका शेरमान घर्तीको चुनाव चिह्नमा भोट माग्दै हिडेपछि नेकपाले बागलुङका दुई स्थानीय नेतालाई कारवाही गरेको छ ।

पार्टीले नीतिविपरीत क्रियाकलाप गरेको भन्दै तुल्सीराम अर्याल र ददिराम अर्याललाई कारबाही गरेको हाे।

शेरमान घर्तीले पत्रकार सम्मेलन गरी उम्मेदवारी फिर्ता लिएपछि पनि उनले पाएको चुनाव चिह्नलाई दुरुपयोग गरी पार्टीलाई नै असफल गराउन गरिएको गतिविधि पार्टी नीतिविपरीत भएको विज्ञप्तिमा उल्लेख गरिएको छ।


प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार