मेलेसियालाई पराजित गर्दै नेपाल फाइनलमा


२३ असार, काठमाडौं । मलेसियालाई पराजित गर्दै नेपाल एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । भर्खरै सकिएको खेलमा मलेसियालाई नेपालले ७ विकेटले हराएको हो ।

८८ रनको झिनो लक्ष्य पाएको नेपालले तिन विकेट गुमाएर मात्र १५.५ ओभरमा लक्ष्य पूरा गर्यो । नेपालको जितमा भीम शार्कीले ३३ कप्तान रोहित कुमार पौडेलले ३१ र पवन सर्राफले १८ रनकाे याेगदान दिए ।

यसअघि मलेसियालाई नेपालले ४०.५ ओभरमा अलआउट गरेको थियो ।

मलेसियालाई सस्तैमा समेट्ने क्रममा नेपालका सागर ढकालले ३ कुशल मल्लले दुई तथा रसिद खान, कमल सिंह ऐरी र तिलक राज भण्डारीले एक/एक विकेट लिएका थिए ।

अब नेपालले फाइनलमा सिंगापुर र हङकङबीचको विजेतासँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार