‘सेल्फी किंङ’को फस्ट लुक सार्वजनिक


३ मंसिर, काठमाडौं ।  विपिन कार्की स्टारर ‘सेल्फी किंङ’को फष्ट लुक पोष्टर सार्वजनिक भएको छ। फस्ट लुकसँगै सिनेमाले आफ्नो रिलिज मिति पनि घोषणा गरेको छ।

सिनेमा माघ २४ गते रिलिज हुने भएको छ।

सिनेमामा विपिनका अलवा चलचित्रमा लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणी सापकोटा, सविन बाँस्तोला, जीवन भट्टराई, कमल देवकोटा, राजेश बिसुराललगायतका कलाकारको अभिनय छ।

सिनेमालाई निर्देशक दिनेश राउत र सोही चलचित्रका निर्माता सुभाष थापाले संयुक्त रुपमा निर्माण गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार