श्रीलङ्काका राष्ट्रपति गोतावायले दाजुलाई चुने प्रधानमन्त्री


५ मंसिर, काठमाडौं । श्रीलङ्काका राष्ट्रपति गोतावाय राजापाक्षले आफ्ना दाजु तथा पूर्वराष्ट्रपति महिन्दा राजापाक्षलाई नयाँ प्रधानमन्त्रीका रूपमा चयन गरेका छन् ।

श्रीलङ्कामा गृहयुद्धको कारण बनेका तमिल टाइगर्स विरूद्धको लडाईमा सशक्त भूमिका खेलेका महिन्दा राजापाक्षले सन् २००५ देखि २०१५ सम्म श्रीलङ्काको राष्ट्रपतिको जिम्मेवारी सम्हालेका थिए । 

नवनियुक्त प्रधानमन्त्रीले सन् २०२० को मार्चमा संसदीय निर्वाचन नहुँदासम्म प्रधानमन्त्रीका रूपमा काम गर्नेगरी जिम्मेवारी दिन लागिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार