राखेप सदस्य सचिवमा सिलवाल नियुक्त


२३ असार, काठमाडौं । रमेश सिलवाल राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्य सचिव नियुक्त भएका छन् । युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले सोमबार सिलवाललाई सदस्य सचिव नियुक्त गरेका हुन् ।

केशवकुमार विष्टको कार्यकाल यही असार ९ गते सकिएपछि यो पद रिक्त रहेको थियो । यो पदका लागि निवर्तमान सदस्यसचिव विष्टसँगै दानबहादुर तामाङ, नेपाल तेक्वान्दो युनियनका अध्यक्ष शिव कोइरालालगायत पनि दावेदार थिए ।

सम्बन्धित समाचार