चोरीको मोटरसाइकलसहित एक जना पक्राउ


६ मंसिर, काठमाडौं ।  प्रहरीले चोरीको मोटरसाइकलसहित एक जनालाइ पक्राउ गरेका छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतले दैलेखको चामुण्डाविन्द्रासैनी–६ का २२ वर्षीय प्रशान्त शाहीलाई वीरेन्द्रनगरबाट पक्राउ गरेको हो ।

प्रहरीले उनको साथबाट भे.९प ८९६९ नम्बरको मोटरसाइकल बरामद गरेको छ ।

जिल्ला प्रहरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक रवि रावलले ती युवाको साथबाट प्रहरीको युनिफर्मसहितको दुईप्रति फोटो र नेपाल प्रहरी जवान पदको परिचयपत्र फेला पारेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार