पोल्यान्डका नागरिक पक्राउ


२३ असार, पोखरा । अवैध रुपमा बसोबास गर्दै आएका पोल्यान्डका नागरिकलाई पर्यटक प्रहरी कास्कीले पक्राउ गरेको छ ।  प्रहरीका अनुसार अवैध रुपमा पोखरा बस्दै आएका राकोल मार्किन नाम गरेका व्यक्तिलाई पक्राउ गरिएको हो ।

अवैध रुपमा पोखरा बस्दै आएका उनले लेकसाइड, खहरे र पृथ्वीचोकलगायतका क्षेत्रमा लागुऔषध तथा मादक पदार्थ सेवन गरि केही समय यता हो–हल्ला गर्दै आएको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ ।

सोही अवस्थामा उनलाई खानतलासी गर्दा भिसा, पासपोर्टलगायतका महत्वपूर्ण कागजपत्र नभएको पाइएको छ ।

आवश्यक कारबाहीका लागि उनलाई पक्राउ गरी अध्यागमन कार्यालय पोखरामा बुझाईसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार