एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेट- नेपाल र हङकङबीच प्रतिस्पर्धा हुँदै


२४ असार, काठमाडौं ।  एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटको उपाधिका लागि नेपाल र हङकङबीच प्रतिस्पर्धा हुँदै छ । मलेसियाको किनरारा ओभल मैदानमा हुने फाइनलमा नेपालले टस जितेर पहिला बलिङ गर्ने भएको छ ।

श्रीलंकामा हुने एसीसी यू–१९ एसिया कपको एउटा स्थानका लागि नेपाल र हङकङबीचको विजेताले ठाउँ पाउने छ ।

एसिया कपको छनोट प्रतियोगिताका रुपमा रहेको एसीसी यू–१९ इस्टर्न रिजनमा सबै प्रतिष्पर्धीहरु पाखा लागिसकेका छन् ।

नेपाली टिमले फाइनलका लागि सेमिफाइनलकै टिम मैदान उतारेको छ । मंगलबार पनि विशालविक्रम केसी, प्रतिस जीसी र लोकेश बमलाई विश्राम दिइएको छ । यस्तै कमलसिंह ऐरी र रसिद खान पनि खेल्दैछन् ।

सम्बन्धित समाचार