आज देशको अधिकांश भूभागमा भारी वर्षा- मौसम पूर्वानुमान महाशाखा


२४ असार, काठमाडौं ।  आज देशको अधिकांश भूभागमा भारी वर्षा हुने सम्भावना रहेको छ ।

केही दिनदेखि मौसम बदलि भई सक्रिय भएपछि अधिकांश ठाउँमा पानी पर्ने सम्भावना देखिएको छ ।

उपत्यकाको मौसम अपराहन्नपछि फेरबदल आउनेछ । उपत्यकामा आज मध्यम वर्षा हुने सम्भावना रहको छ ।

मौसम पूर्वानुमान महाशाखाले देशभर भारी वर्षा हुने भएकाले सर्तक रहन आग्रह गरेको छ । आजबाट सक्रिय भएको मौसम बुधबारसम्ममा मध्यमाञ्चल र मध्येपश्चिम क्षेत्रमा भारी वर्षा हुनुका साथै बाढी पहिरो आउने खतरा छ । 


सम्बन्धित समाचार