भण्डारा प्रहरी प्रमुख आचार्य कार्यकक्षमै सम्मानित


चितवन : शान्ति सुरक्षा र नागरिक प्रहरी सहकार्यका पूर्वी चितवनमा प्रहरी निरीक्षक  वसन्त आचार्य लोकप्रिय बनेका छन् ।  ईलाका प्रहरी कार्यालय भण्डाराका प्रमुख समेत रहेका आचार्यले अपराधको जड मानिएको लागुऔषध नियन्त्रण थालेको अभियान प्रभावकारी बनेपछि उनको लोकप्रियत बढेका छ ।
आचार्यको काम कार्वाही शैलीकै कारण उनलाई कार्यलयमा नै आएर युवाहरु सम्मान गरेका छन् ।  चितवनको राप्ती नगरपालिका स्थित वडा नम्बर ५ मा रहेको जेपी युवा क्लबले सामाजिक उत्तरदायिव बहन गर्दै समाज रुपान्तरणमा खेलेको भूमिकलाई उच्च सम्मान गर्दै सोमबार ईलाका प्रहरी कार्यलय भण्डाराका प्रहरी निरीक्षक बसन्त आचार्यलाई सम्मान समेत गरेको हो ।
क्लबले समाजमा भई रहेका विकृति, विसंगती न्युनिकरणको लागि उल्लेखनीय योग्दान पुर्याएको भन्दै प्रहरी निरीक्षक आचार्यलाई सम्मान गरेको क्लबका अध्यक्ष अबिप कंडेलले जानकारी दिए ।

सम्बन्धित समाचार