बिरेन्द्र खान बने आइएमई डबलको डबल बिजेता


१२ मंसिर, काठमाडौं ।  आइएमई डबलको डबलको डबल बम्पर उपहार योजना अन्तर्गतको बिजेता बिरेन्द्र खान बनेका छन् ।

खानले आफुले पठाएको रकमको आठ गुणा रकम पाएका छन् । ५९ हजार ७ सय ३२ रुपैयाँ आइएमई मार्फत मलेसियामाबाट नेपाल पठाएका खानले उक्त रकमको आठ गुणा अर्थात ४ लाख ७७ हजार ८ सय ५६ रुपैयाँ जितेका छन् ।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आइएमईले लक्की ड्रबाट बम्पर बिजेता घोषणा गरेको हो । आइएमईका अध्यक्ष चन्द्र ढकाल, प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल र ब्रान्ड एम्बासडर दिपकराज गिरीले कम्प्युटराईज मार्फत लक्की ड्र गरेका हुन । कार्यक्रममा ढकालले रोजगारीका लागि विदेश जाने नेपालीहरुको संख्या कम भएका कारण रेमिट्यान्स कम भएको बताए ।

कम्पनीले नेपालीहरुको ठुला चाड दशैं, तिहार र छठको अबसरमा यो योजना चलाएको थियो । योजना भाद्र १५ देखि कार्तिक मसान्तसम्म ७७ दिनका लागि लागू भएको थियो ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार