हाँस्दा अनुहारका मांशपेशीहरु सक्रिय हुन्छन्, त्यसैले मज्जाले हाँस्नुहाेस


डाक्टरहरुका अनुसार हाँस्दा अनुहार तथा जिउका अन्य भागका बढि भन्दा बढि मांशपेशीहरु सक्रिय हुन्छन् जसले शरीरलाई स्वस्थ राख्नमा धेरै सहयोग गर्दछ । ब्यस्त जिवनशैली तथा तनावका कारण मानिसहरु सँग फुर्सदको समय निकै कम हुन्छ ।

जहाँ कोही मानिससँग लामो समयसम्म समय बिताउन र आफ्नो नजिकका साथीभाई, नातेदार सँग बसेर गफ गरेर हाँस्नको लागी पनि अहिले मानिसहरु सँग प्रश्स्त समय नै छैन । सायद यहीँ कारणले गर्दा मानिसले आफ्नो तनाव दूर गर्नका लागि भएपनि समइ निकालेर योगा गर्न थालेका छन् ।

आखिर हामी हाँस्दा हामीलाई के के फाईदा हुन्छन् त ? हेरौँ

१. हाँस्ने तथा मुस्कुराउनुले शरीरको रोग सँग प्रतिरोध गर्नसक्ने क्षमता बढाउँछ । यसबाट पर्याप्त मात्रामा सेता रक्तकोषको निर्माण हुन्छ तथा विभिन्न हर्मोनको उत्सर्जन पनि हुन्छ ।


२. हाँस्दा शरीरमा एन्डोफिर्न नामक रसायन उत्सर्जन हुन्छ । जसले चिन्ता तथा तनाव कम गर्छ । यो रसायन व्यायाम तथा दौडका बेला पनि निस्किएको हुन्छ । हाँस्नुले अनुहारको मांशेपेशीको पनि मज्जाले व्यायाम हुन्छ र यसले मस्तिष्कलाई पनि धेरै सक्रिय बनाउँछ ।


३. हाँस्दा शरीरमा पर्याप्त मात्रामा अक्सिजन प्रवाह हुन्छ । पर्याप्त अक्सिजन फोक्सो, मांशपेशी तथा कोशिकाहरुका लागि अत्यावश्यक हुन्छ ।


४. हाँस्दा यसले व्यक्तिको सकारात्मक मनोभाव तथा आत्मविश्वास झल्काउँछ । मुस्कुराहटले आपसी सम्बन्धलाई पनि अझबढि आत्मीय बनाइदिन्छ ।


५. खुलेर हाँस्दा कहिलेकाहीँ मनका भावना समेत व्यक्त हुन्छन् । हाँसीहाँसी काम गर्दा कहिलेकाहीँ कठीन लाग्ने काम पनि सजिलै सँग गर्न सकिन्छ ।


६. हाँसोले रक्तअल्पताबाट पनि बचाउँछ । हाँस्दा शरीरमा पर्याप्त मात्रामा अक्सिजन प्रवाह हुन्छ । जसका कारण रगतमा हेमोग्लोबिनको कमी हुन पाउँदैन ।


७. हाँस्नु तथा मुस्कुराउनुले आफ्नो स्वास्थ्य त सबल बन्दछ नै यसले आफ्नो मात्र नभएर दोश्रो व्यक्तिको स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पार्दछ । कुनै हाँस्ने व्यक्तिलाई देख्दा जस्तोसुकै रिसाएको मानिसको मुहारमा पनि अलिकति भएपनि मुस्कान आउँदछ । अझ मज्जाले हाँसिरहेको मानिसलाई देख्दा त अरुलाई पनि हाँसो उठिहाल्छ । त्यसकारण हाँसोले एक प्रकारको फाइदा पुराउँदछ ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार