भोजपुरको पौवादुङ्मा १ मा नेकपाका राई विजयी


१४ मंसिर, काठमाडौं ।  भोजपुरको पौवादुङ्मा गाउँपालिका वडा नम्बर १ को अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का उम्मेदवार जितेन्द्र राई विजयी भएका छन ।

राई ६९१ मत ल्याएर विजयी भएका ह्रन । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार समरबहादुर कार्की २५४ मत प्राप्त गरे । मंगोल नेसनल अर्गजनाईजेसनको तर्फबाट कला राईले ३ मत प्राप्त गरीन ।

कुल मतदाता एक हजार ६१६ मध्ये ५९ दशमलव ७२ अर्थात नौ सय ६५ मत खसेको थियाे भने १६ मत भने बदर भएको छ ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार