‘सिरिन्ज आक्रमण’ गरेको पुष्टि नभएपछि युवक थुनामुक्त


२४ असार, काभ्रे । धुलिखेल जाने बसमा ‘सिरिन्ज आक्रमण’ गरेको आरोप लगाउँदै स्थानीयले पक्राउ गरी प्रहरीलाई बुझाएका युवकथुनामुक्त भएका छन् ।

अनुसन्धानका क्रममा उनी घटनामा संलग्न भएको हुनसक्ने कुनै प्रमाण नभेटिएपछि स्याङ्जाका शिक्षक खगेन्द्रप्रसाद पाठक थुनामुक्त गरिएको हो ।

प्रहरीले पीडित भनिएकी महिलामाथि ‘सिरिन्ज आक्रमण’ भएको हो/होइन भन्ने विषय पनि निर्क्यौल भइसकेको छैन ।

जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकका प्रमुख जयराज सापकोटाका अनुसार गएराति भएको छलफलबाट दुवै पक्षबीच सहमति पनि भएपछि उनलाई हिरासतबाट निकालिएको थियो ।

प्रहरीका अनुसार अहिले पीडित महिलाको टेकुको शुक्रराज ट्रफिकल तथा सरुवा रोग नियन्त्रण केन्द्रबाट रिपोर्ट आएपछि थप कारबाही गर्ने/नगर्ने भन्ने निर्क्याैल हुन्छ ।

सम्बन्धित समाचार