‘धर्ती माता’ धरौटीमा थुनामुक्त


२४ असार, काठमाडौं । काठमाडौंको भद्रकाली मन्दिरमा युवतीलाई यातना दिने आफूलाई ‘धर्ती माता’ बताउने महिला विष्णु कुँवर थुनामुक्त भएकी छन् ।

काठमाडौं प्रहरी परिसरले उनीमाथि दुई वटा मुद्दा चलाए पनि दुवै मुद्दामा धरौटीमा छाड्ने आदेश भएको हो ।

मुलुकी अपराध संहितामा भएको अपमानजन्य व्यवहार सम्बन्धी कसुरमा जिल्ला अदालत, काठमाडौंले २० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।

अभद्र व्यवहारसम्बन्धी मुद्दामा जिल्ला प्रशासन कार्यालय, काठमाडौंले १० हजार रुपैयाँ धरौटी मागेको छ ।

सम्बन्धित समाचार