धरान उपमहानगरमा कांग्रेसका तिलक राई विजयी


१६ मंसिर, काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार तिलक राईले ऐतिहासिक जित हात पारेका छन्।

तिलक नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार प्रकाश राईलाई २ हजार ७ सय ९५मतान्तरले हराएका हुन्।

तिलकले २६ हजार ७ सय ९ मत पाएका छन् भने प्रकाशले २३ हजार ९ सय १४ मत ल्याएका छन्। औपचारिक मत परिणाम घोषणा हुन बाँकी छ।

२८ वर्षसम्म धरान कम्युनिष्टको किल्लाको रूपमा रहेको थियो।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार