२५ किलाे चरेससहित दुइ भारतीय नागरीक पक्राउ


१६ मंसिर, काठमाडौं ।  प्रहरीले अवैध लागू औषध चरेस सहित २ जनालाइ पक्राउ गरेकाे छ ।

पालुङ्बाट हेटौडा तर्फ आउँदै गरेको मोटरसाइकल रोकी चेकजाँच गर्ने क्रममा सिट, ट्याङकी मुनी फल्स बटम बनाई राखेकाे चरेस सहित दुइ जनालाइ पक्राउ गरेकाे छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार उनिहरूकाे साथबाट २५ केजी चरेस बरामद भएकाे छ ।

पक्राउ पर्नेमा भारतीय नागरीक राजेश यादव र ऋषि कुमार यादव रहेका छन ।

उनहरूले प्रयोग गरेको मोटरसाइकल समेत नियन्त्रणमा लिई पक्राउ गरिएको र उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार