
१६ मंसिर, काठमार्डौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत तेक्वान्दोको पुम्सेमा नेपालले अर्को पदक जितेको छ ।
१८ देखि २३ वर्षमुनिको प्रतिस्पर्धामा नेपालकी सीना मादेनले स्वर्ण पदक जितेकी हुन् । उनले ८.१५० अंकका साथ यो पदक जितेकी हुन् ।
त्यस्तै कराते पुरुष टिम कातामा पनि नेपालले स्वर्ण जितेको छ ।
सोमबार भएको खेलमा मन्डेकाजी श्रेष्ठ, प्रवीण मानन्धर र महसुस तामाङको टिमले स्वर्ण जितेको हो ।