साझा यातायातकाे रात्रिकालीन सेवा सुरु


२४ असार, काठमाडौं ।  साझा यातायातले रात्रिकालीन सेवा सुरु गरेको छ । पहिलो चरणमा साझाका तीनवटा बसले राति १० बजेसम्म सेवा दिन थालेका हुन् ।

कलंकी–कालिमाटी हुँदै लगनखेल, नयाँ बसपार्कबाट लगनखेल र एयरपोर्ट चाबहिल नयाँ बसपार्कको रुटमा साझाले रात्रिकालीन सेवा दिइरहेको छ ।

गत बुधबारदेखि रात्रिकालीन सेवा सुरु भएको हाे । यसअघि साझा राति ९ बजेसम्म सञ्चालन भइरहेका थिए ।

साझा यातायातसँग हाल ७१ वटा बस छन् । तीमध्ये चारवटा बस भने लामो दूरीमा सञ्चालन हुन्छन् । बाँकी बस काठमाडौं उपत्यकामा सञ्चालित छन् ।

सम्बन्धित समाचार