देशको नेतृत्व समाजवादी मोर्चाले गर्ने विप्लवको दाबी

रेडियो काठमाण्डु
  • ख-
  • ख+

काठमाडौं, ४ असार ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महाचिव नेक्रविक्रम चन्द विप्लवले नयाँ मोर्चा घोषणा सँगै अब देशको समाजवादी मोर्चाले गर्ने बताएका छन् ।

राष्ट्रिय सभा गृहमा भएको घोषणा कार्यक्रममा आफ्नो भनाइ राख्दै विप्लवले समाजवादी मोर्चाको जन्म दलाल पुँजीवाद रोक्दै देशको नेतृत्व गर्न भएको दाबी गरे ।

विस्तारवाद र सामान्तवाद दुवैको अन्त्यका लागि समाजवादी मोर्चाले काम गर्ने उनले बताए । नेपालमा थुप्रै खालको समस्या अहिले देखिएको भन्दै उनले यसको सम्बोधन समाजवादी मोर्चाले मात्र गर्ने बताए ।

नागरिकमा निराशा र आसाको दोधार देखिएको अवस्थामा समाजवादी मोर्चा नेपालको इतिहासमा एक नयाँ मोड भएको बताए ।

यतिबेला परिवर्तनका उपलब्धिहरुको रक्षा गर्नु आवश्यक भएकाले मोर्चा निर्माण गरिएको र यसले काम गर्ने उनको भनाइ छ ।

न्युज कारखाना 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्