
१७ मंसिर, काठमाडौं । करातेको कुमिते ६८ केजी समूहमा नेपालकी सुनिता महर्जनले स्वर्ण पदक जितेकी छन् । महर्जनले पाकिस्तानकी खेलाडी कुल्सुमलाई ८/२ ले हराउँदै स्वर्ण जितेकी हुन् ।
उनले पहिलो खेलमा बंगलादेशकी खेलाडी पर्यन खातुनलाई १०/२ ले हराएकी थिइन् ।
करातेमा नेपालको यो नबौं स्वर्ण हो।